१. परिचय : स्थानिय जनतालाई अत्यावश्यक पर्ने काठ।दाउरा सरल र सहज तरिकाले उपलब्ध गराउने उद्देश्यले नेपालका तराई, भित्री मधेश र उपत्यकाका गरि जम्मा ३४ जिल्लाहरुमा (नेपाल राजपत्र, कार्तिक ८, २०५६) वन पैदावर आपूर्ति समिति स्थापना भई क्रियाशिल रहेको थियो । वन नियमावली २०७९ को नियम २१(१) ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारले स्थापना गरेका ५१ वटा वन पैदावार आपूर्ति समितिहरु मध्ये वन पैदावार आपूर्ति समिति रुपन्देही पनि एक हो । यस समितिले आफ्नो स्थापनाकाल देखिनै जिल्ला भित्रका स्थानिय जनतालाई सर्वसुलभ तरिकाले वन पैदावारको विक्री वितरण गर्दै आएको छ । २. उद्देश्य : सर्बसाधारण जनताको आधारभुत आवश्यकता एवं हितलाई ध्यानमा राखि स्थानीय जनताको घर निर्माण, जनसहभागिताद्वारा गरिने विकास निर्माण, दैवि प्रकोप तथा कृषि औजारका लागि सरल, छिटो छरितो, व्यवस्थित, पारदर्शी एवं सहुलियत दरमा काठ।दाउराको आपूर्ति गर्नु । ३. गठन : वन पैदावार आपूर्ति समिति नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग अन्तरगतको एक स्वशासित संस्था हो । लुम्बिनी प्रदेश वन नियमावली २०७९ को नियम ६२ अनुसार वन पैदावार आपूर्ति समितिमा देहाय अनुसारका सदस्यहरु रहने व्यवस्था रहेको छ । १ डिभिजनल वन अधिकृत अध्यक्ष २ प्रदेश लेखा ईकाई कार्यालयको प्रमुख सदस्य ३ जिल्ला समन्वय समितिले तोकेको प्रतिनिधि सदस्य ४ मन्त्रालयले तोकेको प्रदेश सरकारको जिल्लास्थित कार्यालयको प्रतिनिधि सदस्य ५ डिभिजनल वन अधिकृतले तोकेको सहायक वन अधिकृत सदस्य सचिव जम्मा ५ (पाँच) जना ४. वन पैदावारको माग गर्दा पेश गर्नुपर्ने कागजातहरु ४.१ घर निर्माण प्रयोजनका लागि १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. जग्गाधनि प्रमाणपूर्जाको प्रतिलिपि ३. हालसालै मालपोत तिरेको रसिदको प्रतिलिपि ४. वडा/गा.पा.÷नगरपालिकाको सिफारिस ५. नगरपालिका क्षेत्रमा र नक्सा पास गर्ने प्रावधान रहेका गा.पा. को हकमा भएमा नक्सा पास भएको प्रमाण र प्रमाणित नक्साको म्याद ६. सम्बन्धित व्यक्तिको निवेदन ४.२ घर मर्मत प्रयोजनका लागि १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि २. घर भएको जग्गाको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि ३. सम्बन्धित वडा/गा.पा.÷नगरपालिकाको घर भएको प्रमाण सहितको सिफारिस ४. सम्बन्धित व्यक्तिको निवेदन ४.३ दैवी प्रकोप प्रयोजनका लागि १. जिल्ला दैवीप्रकोप उद्दार समितिको सिफारिश २. प्रहरीको प्रतिवेदन ३. सम्बन्धित व्यक्तिको निवेदन ४.४ विकास निर्माण प्रयोजनका लागि १. आयोजनाको विस्तृत लगत इष्टिमेट २. जिल्ला समन्वय समितिको सिफारिश ३. संस्थाको आवेदन पत्र ४. सो कार्यक्रम जनसहभागिताको आधारमा सञ्चालन भएको र काठ खरिदमा अन्य निकायबाट रकम उपलब्ध नभएको पुष्टि हुने कागजात ५. उपभोक्ता समूह र सम्बन्धित निकाय बिच भएको सम्झौता पत्र । ४.५ कृषिऔजार प्रयोजनको लागि १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी २. वडा/गा .पा.÷नगरपालिकाको सिफारिस ३. जग्गाधनि प्रमाणपत्रको प्रतिलिपी ४. हालसालै मालपोत तिरेको रसिदको प्रतिलिपि ५. सम्बन्धित व्यक्तिको निवेदन ४.६ घरकाज/धार्मिक कार्यको दाउराको लागि १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी २. वडा/गा.पा.÷नगरपालिकाको सिफारिस ३. सम्बन्धित व्यक्तिको निवेदन ४.७ संघ संस्थाले डिपो स्थापनाका लागि काठ÷ दाउरा १. सम्बन्धित वडा/गा.पा.÷नगरपालिकाको निवेदन÷सिफारिस २. सम्वन्धित संघ संस्थाको उद्देश्य सहितको निवेदन÷पत्र ३. काठ दाउरा विक्री वितरण गर्ने प्रकृया र व्यावस्थापनको योजना । ४.८ काठ बिक्री वितरण गर्दा दलित, मुस्लिम र पिछडा वर्ग लगायत जिल्लाको दक्षिणी क्षेत्रका सामुदयिक वन र साझेदारी वन को उपभोत्ता नभएका समुदायलाई प्राथमिकता दिएर विक्री वितरण गरिने छ । ५. काठ /दाउरा आपूर्ति व्यवस्था : काठ, दाउरा उपलब्ध गराँउदा प्रति निवेदक अधिकतम देहाय अनुसारको परिमाण उपलब्ध गराईनेछ तर काठको उपलब्धता हेरी आपूर्ति समितिले उक्त परिमाणमा हेरफेर गर्न सक्नेछ । एकपटक काठ प्राप्त गरेको निवेदक वा एकाघरको परिवारको सदस्यलाई सामान्यतया तीन वर्षसम्म पुनः काठ उपलब्ध गराईने छैन । ५.१ गोलिया काठ सि नं काठ दाउरा चाहिने प्रयोजन अधिकतम परिमाण कैफियत काठ (घन फिट) दाउरा (चट्टा) १ विपद व्यवस्थापन ४० ०।२५ २ घर काज (नयाँ निर्माण) १०० १ ३ पक्की घर निर्माण (गा.पा.क्षेत्रमा) / घर मर्मत (जिल्ला) ४० - ४ कृषि औजार ७ - ५ धार्मिक तथा सांस्कृतिक कार्य आवश्यकता अनुसार १ ६ शव दाह संस्कार १५ ५ क्वीन्टल ७ जनसहभागितामा गरिने साना लागतको विकास निर्माण कार्य १५० -